केहिदिन स्थिर रहेको सुनको मूल्य आज तोलामा दुई सयले घटेको छ ।
आज बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कमा उल्लेख गरेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलाको ६४ हजार ५ सयमा कारोबार भएको थियो । आज तेजावी सुनमा पनि २ सयको गिरावट भएको छ । तेजावी सुनको मूल्य तोलाको ६४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी आज प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: बुधबार, असार २५, २०७६