नेप्से २ दशमलव ९२ अंकले बढेर १ हजार २ सय ५० दशमलव २७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २७ अंकले बढेर २ सय ६९ दशलमव ०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ६५ कम्पनीको १६ लाख ७ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भई ४६ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार आज ६ करोड २ लाख ९८ हजार रुपैयाँ बराबरको भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६