काठमाडौं : केहिदिन यता सुनको मूल्य स्थिर देखिएको छ । आज मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघको तथ्याङ्कमा उल्लेख गरेको छ ।
सोमबार पनि सोही मूल्यमा नै कारोबार भएको थियो । यस्तै तेजावी सुन पनि तोलाको ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी आज प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६