‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ।
मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका निर्देशक ध्रुब अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
यस सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।
यो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको भनाइ छ।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६