ग्लोबल आइएमई बैङ्क र जनता बैङ्क अब एक भएर जाने समझदारी भएको जनता बैङ्कका कार्यकारी प्रमुख(सिईओ) पर्शुराम क्षेत्रीले रातोपाटीलाई जानकारी दिएका छन् ।
‘अब हामी(ग्लोबल र जनता) एक हुने भएका छौँ,’ कुँवरले भने, ‘आजै हामीले मर्जर समझदारी पत्रमा हस्ताक्षेर गरेका छौँ ।’
राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जिबी नेपालले मौद्रिक नीति आउनुअघि सबै बैङ्कहरुलाई आफु सुहाउदो जोडी खोजिसक्न निर्देशन गरेका थिए ।
मर्जरपछि बैङ्कको नाम ग्लोबल आईएमई नै रहने बहस चलेपनि संयुक्त बैङ्कको नाम के रहने भन्ने अहिलेनै यकिन नभएको कुँवरले जानकारी दिएका छन् ।