काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य पाँच सयले बढेको छ । मंगलबार तोलाको ६४ हजार ५ सय रुपैयाँ पर्ने छापावाल सुनको मूल्य आज ६५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य पनि पाँच सयले बढेको छ । सोमबार प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ६४ हजार ७ सयमा किनबेच भइरहेको छ ।
आज चाँदी पनि प्रतितोला ५ पाँच रुपैयाँले बढेको छ । आज चाँदीको प्रतितोला ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १८, २०७६