काठमाडौं : केहिदिन यता सुनको मूल्य स्थिर रहेको छ । गत बुधबार देखि सुनको मूल्य कुनै घटबढ नभई स्थिर भएको हो ।
आज छापालाल सुनको मूल्य प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य पनि स्थिर रहको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी पनि प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: आइतबार, असार १५, २०७६