काठमाडौं : राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गर्ने भएको छ । बजारमा लगानीयोग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो ।
एक हप्ताको अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने छ । बोलकबोलमा खरिदकर्ता, बैंक तथा वित्तीय संस्थाले कम्तीमा ५ प्रतिशत ब्याजदर कोट गर्नुपर्ने छ । रिपोको बोलकबोल बिहिबार ३ बजे हुँदै छ भने बिहिबार नै जारी हुनेछ । केन्द्रिय बैंकका अनुसार रिपो असार १९ गते परिपक्व हुनेछ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६