काठमाडौं : आज (बिहिबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुनको मूल्य तोलाको ६५ हजार रुपैयाँमा कारोबार भएकाे थियो ।
आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ । बुधबार तोलाको ६४ हजार ७ सयमा कारोबार भइरहेको तेजावी सुन आज पनि त्यति नै मूल्यमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०७६