काठमाडौं : आज (बुधबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुनको मूल्य ६५ हजार ५ सय रुपैयाँमा कारोबार भएकाे थियो ।
आज तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार ६५ हजार २ सय रुपैयाँ पर्ने तेजावी सन आज तोलाको ६४ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, असार ११, २०७६