काठमाडौँ : नेप्से परिसुचक ०.९६ अंकले बढेर १ हजार २ सय ६१ दशमलव ०७ को बिन्दुमा पुगेको छ । यसदिन १ सय ७४ कम्पनीको १३ लाख २४ हजार ५१९ कित्ता शेयर खरिदबिक्री भई ३६ करोड ४७ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ४० अंकले बढेर २ सय ७१ दशलमव ४४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार एनसीसी बैंक लिमिटेडको भएको छ । जसको कारोबार आज २ करोड ५३ लाख ८४ हजार रुपैयाँ बराबरको भएको छ ।
यस दिन सर्वा्िधक कमाउनेमा गणपति वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ९२ प्रतिशतले बढेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६