काठमाडौं : आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको ६५ हजारमा भएको कारोबार आज भने ५ सय बढेर ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य पनि ५ सयले बढेको छ । आज तेजावी सुनको मूल्य तोलाको ६५ हजार २ सयमा कारोबार भइरहेको छ । सोमबार तेजावी सुनको मूल्य ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १०, २०७६