काठमाडौं : आइताबार नेपाल स्टक एक्सचेन्ज नेप्से १०.०१ अंकले घटेको छ।
गत हप्ता ६ अंकले बढेर १२६४ अंकमा पुगेको नेप्से आइतबार घटेर १२५४.३५ अंकमा पुगेको हो। ‘क’ वर्गका बैंकको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०१ अंकले घटेर २६९.६ अंकमा पुगेको छ।
आइतबार १ सय ७२ कम्पनीको १५ लाख ७५ हजार ३ सय ४० कित्ता सेयर किनबेच हुँदा ४८ करोड १८ लाख ५९ हजार ७४३ रुपैयाँ बरारबरको कारोबार भयो। आज बिकास बैंक १.५२, फाइनान्स ०.०४ र म्युच्युअल फन्ड ०.०३ अंकले बढेका छन् भने बाँकी सबै उपसमूह घटेका छन् । बैंकिङ उपसमूह, होटल र जलविद्युत क्रमश ६.९२, १४.६८, १३.३३ अंकले घटेका छन्।
यस्तै, आइतबार सबैभन्दा बढी निर्जीवन बीमा ८५.२७ अंकले घटेको छ भने, उत्पादन २९.१, माइक्रोफाइनान्स १५.०५ र जीवन बीमा ७३.८८ अंकले घटेको छ । यस्तै अन्य उपसमूह ७.९६ अंकले ओरालो लाग्यो। आइतबार सबैभन्दा बढी लक्ष्मी बैंक लिमिटेडको सेयर किनबेच भएको छ । दिनभरिमा लक्ष्मी बैंकको ४ करोड १० लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६