काठमाडौं : आज (आइतबार) नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार पनि छापावाल सुनको मूल्य सोही रकममा कारोबार भइरहेको थियो ।
आज तेजावी सुनको मूल्य पनि शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । आज तेजावी सुनको मूल्य तोलाको ६४ हजार ७ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०७६