काठमाडौं : पछिल्लाे केहि दिनयता सुनको मूल्य ह्वात्तै बढेको छ ।
आज पनि सुनको मूल्य एक हजारले बढेको छ । बिहिबार नेपाली बजारमा छापालाल सुनको तोलाको ६४ हजार पर्ने आज ६५ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन पनि १ हजारले बढेको छ । बिहिबार तोलाको ६४३ हजार ७ सय रुपैयाँ पर्ने तेजावी सुन आज ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ७ सय ३० रुपैयाँ पर्ने चाँदी आज ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ
प्रकाशित मिति: शुक्रबार, असार ६, २०७६