काठमाडौं : नेपाल धितोपत्र बोर्डको परिसूचक नेप्से आज ५.९० अंकले बढेको छ। सो अंक बढेसंगै नेप्से १२६४ अंकमा कायम भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि आज १.०८ अंकले बढेर २७१ अंकमा कायम भएको छ। आज जम्मा १७१ कम्पनीको १३ लाख ७५ हजार ५ सय ४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँमा कारोबार भएको ३७ करोड ५३ लाख १५ हजार २ सय ४ रुपैयाँमा कारोबार भएको छ।
आज जम्मा ११ उपसमूहको कारोबार भएकोमा ३ उपसमूह घटेका छन् भने ८ उपसमूह बढेका छन्। बैंकिङ ६.९, होटेल्स ८.४४, बिकास बैंक ५.०१, हाइड्रोपावर ७.०४, अन्य ४.२६, माइक्रो फाइनान्स १३.६८, जीवन बीमा ३.५८, सामूहिक कोष ०.०२ अंकले बढेका छन्। फाइनान्स ०.३९, निर्जीवन बीमा ७.६६, उत्पादन १२.८८ अंकले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार हुनेमा शिवम् सिमेन्टस् (३ करोड), एनसीसी बैंक (२ करोड ६१ लाख), नेपाल बैंक(२ करोड ३९ लाख), प्रभु बैंक(१ करोड ९८ लाख), मेगा बैंक(१ करोड ६६ लाख)का लगानीकर्ता रहे।
सबै भन्दा बढी नाफा कमाउनेमा गुराँस लघुबित्त, मल्टिपर्पस फाइनान्सका लगानीकर्ता रहे भने सबै भन्दा बढी गुमाउनेमा रिलायन्स फाइनान्स, कर्पोरेट बिकास बैंकका लगानीकर्ता रहे।
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६