काठमाडौं : आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्य १ हजारले बढेको छ । बुधबार तोलाको ६३ पर्ने छापालाव सुन आज १ हजारले बढेर ६४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन पनि १ हजारले बढेको छ । बुधबार तोलाको ६२ हजार ७ सय रुपैयाँ पर्ने तेजावी सुन आज ६३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । हिजो तोलाको ७ सय २० रुपैयाँ पर्ने चाँदी आज ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६