काठमाडौं : आज (मंगलबार) नेपाली बजारमा छापावाल सुनको मूल्य ६३ हजार रुपैययाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार तोलाको ६३ हजार १ सय रुपैयाँ पर्ने छापावाल सुनकोफ मूल्य आज १ सयले घटेर सो रकम कायम भएको जनाइएको हो ।
आज तेजावी सुनको मूल्य पनि १ सयले घटेर ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार नेपाली बजारमा तेजावी सुनको मूल्य तोलाको ६२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको तोलाको ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ
प्रकाशित मिति: मंगलबार, असार ३, २०७६