विराटनगर : मोरङ व्यापार संघका पदाधिकारीहले पदभार ग्रहण गरेका छन् । ३२ औं कार्यसमितिका लागि भएको निर्वाचनबाट निर्वाचित पदाधीकारीहरुले पदभार ग्रहण गरेका हुन् ।
व्यापार संघका पूर्व अध्यक्ष लगायत सञ्चारकर्मीहरु उपस्थितिमा भएको एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडा लगायतका पदाधिकारीले पदभार ग्रहण गरेका थिए । संघको नयाँ कार्यसमितिको सल्लाहकारमा निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्षमा नवीन रिजाल, विशेष सल्लाहकारमा सुनिल टिवडेवाला रहेका छन् ।
त्यसैगरि उपाध्यक्ष (वाणिज्य)मा विकासकुमार बेगवानी, उपाध्यक्ष (उद्योग)मा अनुपम राठी, महासचिवमा अनिल कुमार साह र सचिवमा अनिल सारडा रहेका छन् । संघको कार्यकरणी सदस्यमा मनिष कुमार मारु, बिनित सिंघानिया, देवाशिस गोल्छा , राजेश कुमार अग्रवाल र शुसिल सुराना रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा दिपेश सुवेदी, अमित सारडा, पवन राठी, आशिष जाजु, संजय कुमार श्रेष्ठ, सन्तनु रेग्मी र नवराज चापागाईं रहेका छन् ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रकाश मुन्दडाले आफ्नो कार्यकाल गर्ने १९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् । अध्यक्ष मुन्दडाले बिज्ञप्ति जारी गर्दै औद्यागिक नगरी विराटनगरमा औद्योगिक ग्राम लगायत औद्योगिक संरचनाहरुको स्थापना गराउने, औद्योगिक प्रदर्शनी कक्ष, रिङ्गरोड, एकिकृत भंसार विन्दुको निर्माण एवं संचालन गराउन पहल गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
त्यस्तै औद्योगिक र व्यवसायिक क्षेत्रका बैंकिङ जटिलता र उच्च व्याजदरलाई न्यूनिकरण गराउने, वृक्षारोपण अभियान २०२० लाई आत्मसात गर्दै संघबाट १० हजार वृक्ष रोप्ने लगायतका योजना अघि सारेका छन् ।
प्रकाशित मिति: सोमबार, असार २, २०७६