काठमाडौं : शेयर बजारको परिसूचक नेप्से आज ११.३६ अंकले घटेको छ। सो अंक घटेसंगै नेप्से १२५८.३६ अंकमा कायम भएको छ।
‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक पनि १.८७ अंकले घटेर २६९ अंकमा कायम भएको छ।आज जम्मा १७४ कम्पनीको १४ लाख ७३ हजार ८ सय ८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँमा कारोबार भएको छ।
जम्मा ११ उपसमूहको कारोबार भएकोमा ११ ओटै उपसमूह घटेका छन्। बैैंकिङ ७.१३, होटेल्स २७।५७, बिकास बैंक ११.९२, हाइड्रोपावर १०.८१, फाइनान्स ६.७१, निर्जीवन बीमा १११.०३, उत्पादन ३५.२९, अन्य ७.१३, माइक्रो फाइनान्स ३०.२, जीवन बीमा ३५.४५, सामूहिक कोष ०.०३ अंकले घटेका छन्।
आज सबै भन्दा बढी कारोबार हुनेमा नेपाल बैंक ९२९ करोड०,शिवम् सिमेन्ट९२५ करोड ५१ लाख०,सिद्धार्थ बैंक९५२ करोड ४६ लाख०, कृषि बिकास बैंक९१८ करोड० छन्।
त्यस्तै सबै भन्दा बढी नाफा कमाउनेमा नेपाल एग्रो लघुबित्त, गणपति माइक्रो फाइनान्स, गुराँस लघुबित्त, हिमालया उर्जा कम्पनीका लगानीकर्ता रहे भने सबै भन्दा बढी गुमाउनेमा महिला सहायता माइक्रो फाइनान्स, बिजया लघुबित्त, आँखुखोला जलबिद्युत, लक्ष्मी लघुुबित्तका लगानीकर्ता रहे।
प्रकाशित मिति: आइतबार, असार १, २०७६