काठमाडौं : नेपाल राष्ट्र बैंकले आठ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।
केन्द्रीय बैंकले मंगलबार आठ अर्ब २३ करोडको बिल जारी गर्न लागेको हो । ट्रेजरी बिलको अनलाइन बोलकबोल सोमबार दिउँसो ३ बजे हुँदैछ । ९१ दिनको लागि जारी गर्न लागेको आठ अर्ब २३ करोडको बिल २०७६ भदौ ३१ गते परिपक्व हुनेछ ।
यसअघि २०७६ जेठ २७ गते जारी भएको २ अर्ब २६ करोड रुपैयाँ बराबरको ९१ दिने ट्रेजरी बिल बोलकबोलमा ५ अर्ब ६६ करोड र १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ३ सय ६४ दिने ट्रेजरी बिल बोलकबोलमा ४ अर्ब ६६ करोड बराबरको बिड परेको थियो ।
प्रकाशित मिति: आइतबार, असार १, २०७६