काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।
असार १ गतेदेखि लागू हुने गरी सार्वजनिक बसको भाडा १२ प्रतिशतसम्म वृद्धि गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिए
प्राविधिक समितिको सिफारिसमा भाडा वृद्धिको निर्णय गरेको उनले बताए । सरकारले बसभाडा १० देखि १२ प्रतिशतसम्म वृद्धि गरेको हो।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६