रुपन्देही : बुटवल बस्ने ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका-१७ बस्ने ३८ वर्षीय केशव बराललाई ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकोमा बरालले घर पछाडि लगेर जबरजस्ती करणी गरेको जनाइएकाे छ । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६