काठमाडौं : आज (बुधबार) छापावाल सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि त्यति नै मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य भने २ सयले घटेर ६२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ६२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियोप ।
यता चाँदी पनि आज तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६