काठमाडौं : मंगलबार नेप्से ०.१७ अंकले बढेर १२७५.९८ अंकमा पुगेको छ । आज १७४ कम्पनीको कारोबार भएको बजारमा ७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै शिवम सिमेन्टको ३ करोड ७८ लाख बराबरको शेयर किनबेच भएको जनाएको छ । शेयर बजारमा मंगलबार धेरै उतार चढाव नआईकन सामान्य कारोबार भएको छ। कारोबार रकम भने सोमबारको भन्दा घटेर ४८ करोडमा सिमित भएको छ ।
केही जलविद्युत कम्पनीको शेयर मूल्य उल्लेखनीय रुपमा बढे पनि केहीको भने घटेको छ । पाँचथर पावर र खानिखोलाको शेयर मूल्य नौ प्रतिशत बढीले बढेकोमा नेपाल हाइड्रो डेभलपरको भने उल्टो १० प्रतिशतले घटेको छ ।
मौद्रिक नीतिको पर्खाइले लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन। जसले गर्दा शेयर बजारमा उच्च उतारचढाब देखिएको छैन भने कारोबार पनि औसत रहेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६