काठमाडौं : सिद्धार्थ बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र ल्याउने भएको छ । बैंकले धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने भएको छ । यसमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला जनाइएको छ । बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्ने जनाइएको छ ।
यस ऋणपत्रमा वार्षिक १०.२५५ ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५५ सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।
धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशित इकाईको ४०५ ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्ने हुन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६