काठमाडौं : आइतबार शेयर बजार (नेप्से) बन्द भएको छ। सरकारले आइतबार भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएसँगै नेप्से पनि बन्द गरिएको हो।
आइतबार उपत्यकामा विदा भएपछि नेप्सेको कार्यालय सहित उपत्यका तथा बाहिर रहेका शेयर दलालको कार्यालयबाट समेत शेयर कारोबार हुँदैन। गृह मन्त्रालयले रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा आइतबार परेकाले सार्वजनिक विदा दिईएको जनाएको छ। रातो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मान्ने गरिन्छ।
जावलाखेलमा आयोजना हुने जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी सहित उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहनेछ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६