काठमाडौं : आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार ६२ हजार ३ सय पर्ने सुन आज ३ सय बढेर ६२ हजार ६ सय कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य पनि शुक्रबारको भन्दा ३ सयले बढेर ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६