काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार चार अर्ब नौ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंकले सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।
बैंकले यसअघि पनि पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६