काठमाडौं : यो साताको अन्तिम दिन बिहीबार शेयर बजार ४.६९ अंकले ओरालो लागेको छ । शेयर बजार घटे सँगै कारोबार रकम पनि ५८ करोड ८८ लाख रुपैयाँमा सिमित भएको छ।
यो सातामा मात्र शेयर बजार झण्डै ३५ अंक तल झरेर १२८४.५९ अंकमा झरेको छ । बिहिबार समेत गरी १७२ कम्पनीको ५८ करोड ८८ लाख बराबरको कारोबार भएको जनाइएङ्को छ । ।
कारोबारमा आएका अधिकांस समूहका सूचक ओरालो लागेका छन् । सिमेन्टको सबैभन्दा धेरै सात करोड बढीको शेयर किनबेच भयो । चार कम्पनीको शेयर मूल्य नौ प्रतिशत बढीले उकालो लागेको छ ।
यसदिन कर्पोरेट डेभलपमेन्ट, गुडविल फाइनान्स, ओम मर्चेन्ट तथा कर्णाली विकास बैंकको शेयर मूल्य बढेको छ । ठूला कम्पनीहरुले एक्वायर गर्ने हल्ला चलेपछि केही साना कम्पनीहरुको शेयर मूल्य बढ्न थालेको हो । पाँचथर पावरको शेयर मूल्य सबैभन्दा धेरै पाँच प्रतिशत बढीले ओरालो लागेको छ ।
साताको पहिलो दिनदेखि घट्न थालेकोे शेयर बजार लगातार चौथो दिन ओरालो लागेको छ । बजेट पछिको एक कारोबार दिनमा सकारात्मक रहेको बजार त्यसपछिका सबै दिनमा नकारात्मक देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६