काठमाडौं : इन्फिनिटी लघुिवत्त संस्थाको आइपीओ रिजल्ट सार्वजनिक भएको छ । इन्फिनिटीको आइपीओ रिजल्ट बुधबार सार्वजनिक भएको हो ।
इन्फिनिटीको आइपीओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए । ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ । यस आधारमा इन्फिनिटीको आइपीओ हात पार्न भाग्यमै निर्भर हुनु परेको देखिन्छ ।
इन्फिनिटीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५५ रकम बराबरको सेयर बिक्री गरेको हो । यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २० करोढ ७४ लाख पुग्नेछ ।
इन्फिनिटीले कुल ६ लाख ४० हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो । १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६