काठमाडौं : आज फेरि सुनको मूल्यमा वृद्धि भएको छ । मंगलबार नेपाली बजारमा तोलाको ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ सय बढेर ६२ हजार कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजाबी सुनको मूल्य पनि ३ सयले बढेको छ । मंगलबार तेजावी सुनको मूल्य तोलाको ६१ हजार ४ सयमा कारोबार भइरहेकोमा आज भने तोलाको ६१ हजार ७ सय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । आज चाँदिको तोलाको ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी तोलाको ७ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६