काठमाडौं : नेप्से सूचक मंगलबार ३.५६ अंकले घटेर १२८९.२८ विन्दुमा अडिएको छ । बजार ०.२८५ ले घटेको हो । १७१ कम्पनीको ७१ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । २२ लाख ५२ हजार ५४६ कित्ता सेयर खरिदबिक्री भएका छन् । १२ वटा समूहको कारोबार भएकामा ४ वटा समूह माथि लागेका छन् । बाँकीमा ह्रास आएको छ । उत्पादनमूलक सबैभन्दा बढी ४१.०२ अंकले बढेको छ ।
कारोबार रकममा शिवम् सिमेन्ट्स सबैभन्दा अगाडि छ । यसको १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा प्रभु बैंक र नेपाल बैंक रहेका छन् । यस दिन सबैभन्दा बढी तारागाउँ होटेलका लगानीकर्ताले कमाएका छन् । यसको भाउ ६.९८५ ले बढेको हो ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६