आज फेरि सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार नेपाली बजारमा तोलाको ६१ हजार ५ सय रुपैयाँ मूल्य पर्ने छापावाल सुनको मूल्य आज २ सय बढेर तोलाको ६१ हजार ७ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजाबी सुनको मूल्य पनि २ सयले बढेको छ । सोमबार तेजावी सुनको मूल्य तोलाको ६१ हजार २ सय रुपैयाँले कारोबार भएकामा आज भने ६१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइहेको छ । सोमबार पनि चाँदी तोलाको ७ सय १० रुपैयाँमै कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६