काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख मोहनराज मल्लले नीति तथा कार्यक्रम पेश गर्दै प्रदेशलाई आउँदो तीन वर्षमा पूर्ण साक्षर घोषणा गर्नेदेखि प्रदेशका नौ वटै जिल्लामा मुख्यमन्त्री एकिकृत वस्ती विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेका छन् । नीति तथा कार्यक्रममा प्रदेश सरकारले सामाजिक असमानता हटाउन विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा अघी सारेको छ ।
चालु खर्चलाई घटाउदै पँजीगत खर्च बृद्धि गरी समाज उन्मुख अर्थतन्त्रको नीति अवलम्वन गर्ने लक्ष्य सहित सरकारले एक व्यक्ति एक खाता, मुख्यमन्त्री एकिकृत कृषि कार्यक्रम अन्तरगत नमूना कृषि गाउँ आफै बनाउ, एक घर एक तालिम प्राप्त व्यक्ति, एक स्थानीय तह एक औद्योगिक उत्पादन गर्ने लगायतका निति तथा कार्यक्रमहरु प्रस्तुत गरिएका छन् ।
निति तथा कार्यक्रममा महाकाली अञ्चल र सेती अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने,फाप्लामा बहुउपयोगी अन्तराष्ट्रिय खेल मैदान निर्माण गरिने,प्रदेशमा व्याप्त महिला हिंसा, छाउपडी प्रथा लगायतका कुरिती निरुत्साहित गर्न पनि विशेष खालका कार्यक्रम सञ्चालन गरिने,विपन्न तथा पिछडिएका समुदायलाई सम्बोधन गर्ने कुरा नीति कार्यक्रममा उल्लेख गरिएको छ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न सहुलियत दरमा क्रण उपलब्ध गराउने तथा भारतमा रोजगारी गर्दै आएकाहरुको विमा गर्ने योजना समेत अगाडी सारेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६