काठमाडौं : साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । बिहिबारको तुलनामा बजार १३.७९ अंकले घटेर १३०५.६८ बिन्दुमा आइपुगेको छ । समग्रमा बजार १.०५५ ले ओरालो लागेको हो ।
१६६ कम्पनीको ७५ करोड ३२ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २० लाख ७८ हजार ९१ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कुल ७५ करोड ३२ लाख माथीको कारोबार भएको बजारमा सबै भन्दा बढि कारोबार पिआईसीले गरेको छ । त्यसपछि क्रमशः शिवम् र एनबिएलले गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६