काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सासंद मिनेन्द्र प्रसाद रिजालले बजेटमा विश्वास गर्ने आधार नभएको बताएको छन् । जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटको विषयमा आज संसदमा आफ्ना विचार राख्दै सासंद रिजालले सो कुरा बताएका हुन् ।
अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा ८.६ प्रतिशत बृद्धिदर हुने,जीवनमा गुणात्मक सुधार हुने, न्याय सहितको विकास हुने बताई रहँदा सरकार त्यो बाटोमा जाने छाँट आफुले नदेखेको भन्दै उनले आशंका व्यक्त गरे ।
सासंद रिजालले गत वर्ष बन्न नसकेका कामका उदाहरणहरु दिदै यो वर्ष पनि अर्थमन्त्रीले प्रस्तुत गरेका कार्यक्रमहरु वितरणमुखी मात्र हुने बताए । तर कार्यन्वयनमा भने चुनौती रहेको बताए ।
सासंद रिजालले भने –‘खाडीमा ज्यानै जोखिममा राखेर पठाएको रकम वितरणमुखी कार्यक्रममा बाँडेर आउने पुस्ताको भविश्य बन्दैन’ अहिले संसद भवनमा आगामी आर्थिक वर्ष २०७६-०७७ को बजेटको विषयमा छलफल भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६