काठमाडौं : आईतबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ६१ हजार ५ सय रुपैयाँले कारोबार भइरहेको छ । शुक्रबार तेलाको ६१ हजार पर्ने छापावाल सुनको मूल्य आज ५ सय बढेर सो रकम कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजावी सुनको मूल्य भने आज ६१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुनको मूल्य ६० हजार ७ सय रहेकोमा आज ५ सय बढेर ६१ हजार २ सय कायम भएको छ ।
आज चाँदी तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइहेको छ । शुक्रबार चाँदी तोलाको ७ सय ५ रुपैयाँमा कारोवार भइरहेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६