काठमाडौं : बिहीबार नेप्सेमा सुधार आएको छ । नेप्से सूचकमा आज दोहोरो अंकले सुधार आएको छ । बुधबारको तुलनामा बजार ५.५८ अंकले बढेर १३१९.४७ बिन्दुमा आइपुगेको छ । आज एक अर्ब ५२ करोड ८१ लाख ५१ हजार ७९२ बराबरको काराेबार भएको छ ।
ठूला कम्पनीको शेयर काराेबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २३ बिन्दुले मात्रै बढेको छ । कूल १७४ कम्पनीको ४८ लाख ९४ हजार ६८१ कित्ता शेयर काराेबार भए । स्टकका अनुसार काराेबार भएका कूल ११ उपसमूहमध्ये चार उपसमूहको मात्रै शेयर उकालो लागेको छ । बैंकिङ १० दशमलव ५९, अन्य दुई दशमलव शून्य सात, जीवन बीमा ९ दशमलव ५४ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य सात बिन्दुले बढेको छ ।
यस्तै होटल १८ दशमलव ५४, विकास बैंक चार दशमलव ४४, जलविद्युत् ५ दशमलव २९, वित्त शून्य दशमलव शून्य नौ, निर्जीवन बीमा ६ दशमलव ७९, उत्पादन २४ दशमलव ३५ र लघुवित्त एक दशमलव ७८ बिन्दुले घटेको छ ।
काराेबारका आधारमा आज शिवम् सिमेन्टको रु १७ करोड १९ लाख ६५ हजार १४९ मा काराेबार भयो । नेपाल बैंक लिमिटेड रु १६ करोड ६१ लाख ३४ हजार ६३८, प्रभु बैंक रु १० करोड ९९ लाख २१ हजार ६३३ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी रु नौ करोड २२ लाख ९५ हजार १४४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६