काठमाण्डौ : बिहीबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो । बैंकले अमेरिकी डलरको भाउ बढे सँगै सबै विदेशी मुद्राको भाउ बढेको उल्लेख गरिएको छ । ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो।
आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा थियो ।
मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५७ पैसा र बिक्रीदर २६ रुपैयाँ ७१ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा थियो ।
यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको थियो ।
बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९७ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५८ पैसा थियो ।
कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०६ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३८ पैसा थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६