भरतपुर : पूर्वी चितवनको रत्ननगरमा लागुऔषध खैरो हेरोइन सेवन गर्दै गरेकाे अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
बुधबार राति रत्ननगर नगरपालिका–७ स्थित बाघमारबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी नायब उपरीक्षक सन्तोष आर्चायले जानकारी दिए ।
कार्यालयबाट खटिएको टोलीले दुई दशमलव ७४ ग्राम खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक आर्चायले बताए । पक्राउ पर्नेमा रत्ननगर–४ का रमेश पाण्डे, रत्ननगर–७ का रामु परियार र रत्ननगर–१ का नारायण श्रेष्ठ छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६