बाँके : मधुवन नगरपालिका- ५ का तीन महिला बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मधुवन- ५ का १७ वर्षीया विनिता सापकोटा, १९ वर्षीया सुनिता ओली र १५ वर्षीया टीका नेपाली रहेका छन् । विनिता र सुनिता विवाहित तथा टीका अविवाहित हुन् ।
मङ्गलबार साँझ घरमै भएकी बुहारी बुधबार बिहान ओछ्यानमा नभेटिएको मधुवन नगरपालिका- ५ का भीमराज सापकोटाले बताए । फेला नपरेपछि उनीहरूका आफन्तले इलाका प्रहरी कार्यालय सानोश्रीमा खोजबिनका लागि उजुरी दिएको प्रहरी निरीक्षक गणेशमान खड्काले बताए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बेपत्ताको खोजी गर्न टोली परिचालन गरिएको जानकारी दिए ।