काठमाडौं : सरकारले विदेशीलाई उपहार दिनुपर्दा स्वदेशी उत्पादनका वस्तु दिनुपर्ने नियम बनाएको छ।अर्थमन्त्री युवराज खतिवडाले बुधबार आर्थिक वर्ष २०७६/०७७ को बजेट घोषणा गर्दै सरकारी कर्मचारीले विदेशीलाई उपहार दिनुपर्दा अनिवार्य रूपमा स्वदेशमा उत्पादन भएका वस्तु दिनुपर्ने बताएका हुन्। सरकारले स्वदेशी उत्पादनलाई प्रवर्द्धनका लागि यस्तो नियम ल्याएको हो।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६