काठमाडौं : सरकारले उद्योगको क्षमता विस्तार गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगको क्षमता विस्तार गर्न सरकारले विशेष सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे।
कुल गार्हस्थ्य उत्पादनमा उद्योगको योगदान ५.६ प्रतिशत छ । आर्थिक आउँदो वर्षमा उद्योगको योगदान बढाइने बजेटमा उल्लेख गरिएको छ । औद्योगिक उत्पादन बढाउन सरकारले नीतिगत, कानुनीगत र प्रक्रियागत कुरामा सहज बनाएको छ। एकल सेवाबिन्दुबाट उद्योगमा सेवा दिन सुरु गरेको छ।
औद्योगिक क्षमता बढाउँदै उत्पादनमा जोड दिने बजेट बताइएको छ । अर्थमन्त्री खतिवडाले पछिल्लो समयमा उद्योगको क्षमता विस्तार हुँदै गएको बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६