काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि विनियोजित यो बजेट चालु आर्थिक वर्षभन्दा झन्डै १२ अर्ब बढी हो । चालु वर्षमा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो ।
अहिले सार्वजनिक बजेटमा देशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने ९यो कार्यक्रम भने शिक्षा मन्त्रालयअन्तर्गत रहेको छ । टोल टोलमा नागरिक आरोग्य कार्यक्रम चलाउने, वडा स्तरमा पूर्ण खोप सुनिश्चित कार्यक्रम गर्ने लगायतका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६