सरकारले विज्ञान तथा प्रविधिको विकासका लागि विश्वस्तरको अध्ययन र अनुसन्धान गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने भएको छ । यसका लागि अर्थमन्त्री डा. युवराज खतिवडाले १ अर्ब १० करोड रुपैयाँ बजेट छुट्याएका छन् ।
यस्तै, परमाणिक, रेडियोधर्मी र विकरणको शन्तिपूर्ण प्रयोजनका लागि परमाणिक अनुसन्धान केन्द्र स्थापना कार्य अघि बढाउने भएको छ । यसैगरी, अन्तरिक्ष सम्बन्धी अध्ययन र अनुसन्धानका लागि अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको कार्य अघि बढाउने भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६