काठमाडौं : अर्थमन्त्री डा.युवराज खतिवडाले प्रदेशका लागि ५५ अर्ब ३० करोड रकम बिनियोजन गरेका छन् । उनले प्रदेशको खर्च, मानव विकास,सुचांकको अधारमा र राजश्वको क्षमताका अधारमा यो रकम बिनियोजन गरेको बताए ।
अर्थमन्त्रीले स्थानिय तहको लागि ८९ अर्ब ९५ करोड सामान्यीकरण बिनियोजन गरेका छन् ।
त्यस्तै अगामी अर्थिक वर्षको ससर्त अनुदान तर्फ प्रदेशलाई ४४ अर्ब ५५ करोड विनियोजन गरेका छन् भने स्थानिय तहलाई १ खर्ब २३ अर्ब ८३ करोड बिनियोजन गरेको बताएका छन् ।
अहिले संसद भवनमा अर्थमन्त्री खतिवडा आर्थिक वर्ष २०७६/०७७ को बजेट भाषण गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६