काठमाडौं : बुधवार सेयर बजारमा उल्लेख्य सुधार आएको छ । नेप्से सूचक बुधबार ८.३९ अंकले बढेर १३१३.८८ विन्दुमा आइपुगेको छ । समग्रमा बजार ०.६४५ ले बढेको हो । १७३ कम्पनीको ९० करोड रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । २६ लाख २८ हजार ४२० कित्ता सेयर खरिदबिक्री भएका छन् । कुल १२ वटा समूहको सेयर कारोबार भएकामा २ वटा बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
उत्पादनमूलक समूह सबैभन्दा धैरै १००.४६ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहमा पनि ७.०७ अंकको वृद्धि आएको छ । कारोबार रकममा शिवम् सिमेन्ट्सले अग्रता लिएको छ । शिवमको २० करोड ४० लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र अपर तामाकोशी हाइड्रोपावर परेका छन् ।
यस दिन सबैभन्दा धेरै हिमालयन डिस्टिलरीका लगानीकर्ताले कमाएका छन् । यसको भाउ ९.९६५ ले बढेको हो । धेरै कमाउनेमा दोस्रो र तेस्रो स्थानमा क्रमशः स्पर्श लघुवित्त र हिमालय उर्जा विकास कम्पनी परेका छन् । यता, सबैभन्दा बढी गुमाउनेमा भने जोशी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । यसको भाउ १०५ ले तल झरेको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६