काठमाडौं : आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटलाई अन्तिम रुप दिन अहिले अपराहन्न २ बजे राष्ट्रिय योजना आयोगको पूर्ण बैठक बस्दैछ । आयोगले दिइएको सिलिङ अनुसार बजेट तय गर्ने परम्परा रहँदै आएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडालगायतको समूहले मंगलबार अबेरसम्म बसेर बजेट तयार पारेको थियो । उक्त बैठकले बजेटलाई अन्तिम रुप दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्ने मन्त्रिपरिषद्को बैठकले बजेटलाई पारित गर्ने जनाइएको छ ।
मन्त्रिपरिषद्ले बजेटलाई पारित गरेपछि आज ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. खतिवडाले बजेट प्रस्तुत गर्नेछन् । संविधान अनुसार गणतन्त्र दिवसको दिन अर्थात जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।आयोगले अर्थमन्त्राललाई बजेट निर्माणका लागि १५ खर्ब ७७ अर्ब ७० करोडको सिलिङ दिएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६