काठमाडौं : मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ५९ हजार ६ सय रुपैंयाले कारोबार भइरहेको छ ।
सोमबार पनि तोलाको ५९ हजार ६ सय रुपैयाँ पर्ने सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता तेजाबी सुनको मूल्य पनि सोमवारकै मूल्यमा कारोबार भइरहेको छ । आज पनि तेजावी सुनको मूल्य तोलाको ५९ हजार ३ सयले कारोबार भइरहेको हो ।
आज चाँदी तोलाको ७ सय १० रुपैयाँमा कारोबार भइहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६